दफा १९
प्रेस रजिष्ट्रार
(१) नेपाल ……….. बाट प्रकाशित हुने पत्रपत्रिकाको सम्पूर्ण विवरणहरूको
अभिलेख राख्ने कामको लागि नेपाल सरकारले एक पे्रस रजिष्ट्रारको नियुक्ति गर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएको पे्रस रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछः–
(क) दफा ७ बमोजिम पत्रपत्रिकाको स्थायी प्रमाणपत्र दिन स्वीकृति दिने,
(ख) दफा ७ बमोजिम दर्ता भएको पत्रपत्रिकाको सम्पूर्ण विवरण स्थानीय
अधिकारीसँग लिई त्यसको अभिलेख राख्ने,
(ग) पत्रपत्रिकाको नाम, भाषा, किसिम, प्रकाशन अवधि, प्रकाशन हुने स्थान
आदिमा समय समयमा भएको परिवर्तनका सम्बन्धमा स्थानीय
अधिकारीबाट जानकारी लिई अद्यावधिक अभिलेख राख्ने,
(घ) नेपाल ……….. भित्र प्रकाशित हुने पत्रपत्रिकाको नाम, किसिम,
प्रकाशन अवधि, भाषा आदि विषयमा वार्षिक प्रतिवेदन तयार गरी
प्रकाशित गर्ने,
(ङ) पत्रपत्रिकालाई दिइने सुविधाका सम्बन्धमा नेपाल सरकारलाई सल्लाह
दिने,
(च) कसैले पत्रपत्रिकामा विज्ञापन दिने प्रयोजनको लागि कुनै पत्रपत्रिकाको
सम्बन्धमा विवरण माग गरेमा तोकिए बमोजिमको शुल्क लिई
विवरणहरू दिने,
(छ) यो ऐन वा अन्य प्रचलित कानुनबमोजिम पे्रस रजिष्ट्रारले गर्ने भनी
तोकिएको अन्य काम कारबाही गर्ने ।
(३) पे्रस रजिष्ट्रार सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।